सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने  : नेकपा एमालेका महासचिव पोखरेल

radiosindhuligadhhi

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुदुरपश्चिम र कोशी प्रदेशमा दुईचार दिन भित्रै सरकार पुन गठन हुने बताउँनु भएको छ । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन उद्घाटनका लागि सिन्धुलीमाढी आईपुग्नु भएका महासचिव पोखरेलले प्रेस चौतारी नेपाल सिन्धुलीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउँनु भएको हो । 

उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले लगातार संसद अबरुद्ध गर्नु सत्ताबाट बाहिरिनु पर्दाको छटपटाहट मात्र भएको बताउँनु भयो । आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा मुलुक संकटमा परेको उल्लेख गर्दै नेकपा एमालेका महासचिव पोखरेले नयाँ समिकरणले ल्याएको न्युनतम साझा कार्यक्रम कार्यान्वयनले विस्तारै मुलुक समृद्धि तर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । महासचिव पोखरेलले आजै एक कार्यक्रमका विच नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा 

सिन्धुली  १८ चैत २०८१ ।   नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका

radiosindhuligadhhi

एमाले सिन्धुलीले जागरणसभा गर्ने

सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको

radiosindhuligadhhi

उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको मन्त्री तामाङ को भनाई

उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया