आजबाट सिन्धुलीमा एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा

रेडियो सिन्धुलीगढी, २२ माघ २०८१,मंलबार ।
नेकपा एमाले सिन्धुलीले आज मंगलवारबाट जिल्लामा ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको थालनी गर्ने भएको छ ।
जिल्लाका नौं स्थानीयत तहका ७९ वडामा समेत सञ्चालन हुनेगरी अभियानको औपचारिक थालनी गरिने बताइएको छ । एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाका अनुसार नेकपा एमालेको विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने, कम्तिमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रुपमा बैठक राखिने छ ।
अभियानका क्रममा नेकपा एमाले सिन्धुलीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
अभियानका क्रममा सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लगिने छ ।
एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएका थापाले नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने विषेश योजना समेत बनाउने जानकारी दिनुभयो ।

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा
सिन्धुली १८ चैत २०८१ । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका

एमाले सिन्धुलीले जागरणसभा गर्ने
सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको

उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको मन्त्री तामाङ को भनाई
उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया
प्रतिकृया दिनुहोस