सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २६ माघ २०८१, शनिबार ।

सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुन लागेको हो ।

जिल्ला खेलकुद विकास समितिले आज शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ फागुन ५ गते देखि १३ गते सम्म सिन्धुली माढीमा संचालन हुने जनाएको छ । 

खेलकुदका माध्यमबाट सामुहिक भावनाको विकास गराई स्थानीय स्तरबाटै खेल र खेलाडीको विकासमा सहयोग पु¥याउँने उदेश्यका साथ प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सबको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिनु भयो । उहाँका अनुसार खेलकुद महोत्सब प्रतियोगितामा भलिबल, फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु संचालन हुने छन् ।

प्रतियोगिताबाट विद्यागत खेलमा विजेता खेलाडीहरु र सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ भने समग्र टिममा मेडलको आधारमा प्रथम, द्धितिय र तृतीय पालिकालाई उत्कृष्ट ट्रफि प्रदान गरिने छ ।

साथै, प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि 

रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार  १३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ ।

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  रेडियाे सिन्धुलीगढी, १३ माघ २०८१, आईतबार । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक

radiosindhuligadhhi

तीनपाटनमा पालिका स्तरीय प्रथम खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता संचालन हुने

रेडियो सिन्धुलीगढी, २७ जेठ २०८१, आईतबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा पालिका स्तरीय प्रथम खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता संचालन