तीनपाटनमा पालिका स्तरीय प्रथम खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता संचालन हुने

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, २७ जेठ २०८१, आईतबार ।

सिन्धुलीको तीनपाटन गाउँपालिकामा पालिका स्तरीय प्रथम खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगिता भोलि सोमबार र पर्सि मंगलबार गाउँपालिकाको कार्यालय परिसरमा रहेको खेलमैदानमा संचालन हुने छ । प्रतियोगितामा ए लेभल तर्फ प्रथम हुनेलाई नगद २० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने बि लेभल तर्फ प्रथम हुनेलाई १५ हजार द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुनका लागी पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पुरा गरि नागरिकताको प्रतिलिपि अथवा नागरिकता नहुने खेलाडीको हकमा जन्म दर्ताको प्रतिलिपि सहति अस्ति शुक्रबार सम्म टिम दर्ता गर्न आग्रह गरिएको थियो । प्रतियोगिताको उद्घाटन भोलि बिहान ७ बजे गरिने गाउँपालिकाले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८०, बुधबार । तीनपाटन गाउँपालिकामा गत शनिबारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड

तीनपाटनमा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता आज बाट सुरु

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गसिल्ड  प्रतियोगिता आज बाट सुरु भएको छ । गाउँपालिकाको

radiosindhuligadhhi

मरिण गाउँपालिका ५ बडीमुहानमा वडा स्तरीय पुरुष फुट्बल प्रतियोगिता संचालन हुने 

रेडियो सिन्धुलीगढी, ०६ मंसिर २०८०, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका ५ बडीमुहानमा वडा स्तरीय पुरुष फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । नेपाल