हरिहरपुरगढी गाउँपालिका ८ स्थित सरस्वती शिशुबाल प्राविको चार कोठे पक्की भवनको शिलान्यास 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २५ पुष २०८१, बिहिबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार कोठे पक्की भवनको शिलान्यास गरिएकोे छ । संघिय सरकारको विशेष अनुदान तथा गाउँपालिकाद्धारा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले हिजो बुधबार एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नुभएको हो ।

भवन निर्माणको लागि सिकाक हुस्से / गडुर जेभिका प्रोपाइटर प्रमोद मैनालीले २०८२ जेठ २५ गते निर्माण सम्पन्न गर्ने गरि भ्याट सहित ९३ लाख ५९ हजार २५ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले चालु आर्थिक बर्ष भित्रमा गाउँपालिका भित्रका ७ वटा प्राविको भवन निर्माण सम्पन्न गरिने योजना रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई समयावधि भित्रै इमानदारिपूर्वक गुणस्तरीय भवन निर्माण गरेर हस्तातरण गर्न निर्देशन दिनुभयो । भवनको संरचना गुणस्तरहीन भएको पाइएमा गाउँपालिकाबाट बजेट रोक्का गरिदिने समेत उहाँको भनाई छ । 

वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, ७ वडाका अध्यक्ष बिच बहादुर मोक्तान, वडा सदस्य छलिमाया मोक्तान, शिक्षा शाखा प्रमुख रामेश्वर पुढाशैनी, योजना शाखा प्रमुख राजु उप्रेति, इन्जिनियर बेन्जामिन श्रेष्ठ, सब इन्जिनियर विश्व थापा मगर, कमल आछामी लगायतको उपस्थित रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न 

रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण 

  रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।

radiosindhuligadhhi

श्री जनजागृति मा.वि भिमानको ५४ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न 

रेडियो सिन्धुलीगढी, २ माघ २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको श्री जनजागृति मा.विको ५४ ओैं वार्षिकोत्सव तथा