मरिणका स्नातक तह उर्तीण गरि विबाह गर्ने किशोरी तथा अविबाहित महिलालाई प्रोत्साहन रकम प्रदान गरिने
रेडियो सिन्धुलीगढी, २० मंसिर २०८१, बिहिबार ।
सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उर्तीण गरि विबाह गर्ने किशोरी तथा अविबाहित महिलालाई प्रोत्साहन स्वरुप रकम प्रदान गर्ने भएको छ । पालिकाको आर्थिक बर्ष २०८१/ ८२ को बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत उक्त रकम प्रदान गर्न लागिएको हो ।
गाउँपालिकाले आज बिहिबार एक सूचना जारी गर्दै २० बर्ष उमेर पुरा भएका पालिका क्षेत्र भित्र संचालित क्याम्पसमा अध्ययन गरि स्थायी बसोाबास गर्र्नेे किशोरी तथा अविवाहित महिलालाई प्रोत्साहन स्वरुप एक लाख नगद प्रदान गरिने जनाएको छ ।
रकम प्राप्तिका लागी पालिका भित्रका स्नातक तह उर्तीण गरि विवाह गर्ने किशोरी तथा अविवाहित महिलाहरुले प्रोत्साहन रकम प्रदान सम्बन्धी कार्यविधि, २०७९ बमोजिम नागरिकताको प्रतिलिपि, स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाण पत्र र अविवाहित रहि पालिकाको क्षेत्र भित्र स्थायी रुपमा बसोबास गरिरहेको प्रमाणित गर्ने वडा कार्यालयको सिफारिस सहित पुष ५ गते भित्र गाउँपालिकाको कार्यालयमा आवेदन दिनुपर्ने छ ।
गाउँपालिकाले केहि बर्षदेखि स्नातक तह उर्तीण गरि विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई प्रोत्साहन स्वरुप एक लाख रुपैया प्रदान गर्दै आएको छ ।
मरिण गाउँपालिकाद्धारा १ सय ७९ जना छात्राहरुलाई साईकल वितरण
रेडियो सिन्धुलीगढी, १७ साउँन २०८१, बिहिबार । सिन्धुलीको मरिण गाउँपालिकाले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका छात्राहरुलाई साईकल वितरण
कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा ग¥र्यो
रेडियो सिन्धुलीगढी, ०६ असार २०८१, बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “सबै बालबालिकाको
गर्मीका कारण कमलामाईमा भोलि देखि सात दिन विद्यालय बन्द हुने
रेडियो सिन्धुलीगढी, ३० जेठ २०८१, बुधबार । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरू बन्द निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस