नेतृत्व तहमा किशोरीः १६ वर्षीय सुनिता बनिन् वडा अध्यक्ष

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १० पुस २०८१, बुधबार ।

बालिका र किशोरीहरुलाई नेतृत्वमा ल्याउने उदेश्यले संचालन हुदै आएको गल्स टेक ओभर अभियान अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं। ६ को वडा अध्यक्ष पदको टेक ओभर गरी कमलामाई ६ की १६ वर्षीया सुनिता जोगी एक दिने वडा अध्यक्ष बनेकी छन् ।

गल्स टेक ओभर अभियान बालिका र किशोरीहरुको समानताका लागी एक उत्कृष्ट अवसर भएको बताउदै हेण्ड्स नेपाल सिन्धुलीकी  कार्यक्रम संयोजक कमला लामाले  किशोरीहरुलाई निर्णय भूमिकामा रहेको पदको विचार तथा जीवनमा भोगेका चुनौतीका बारेमा जानकारी दिन र किशोरीहरुलाई निर्णयकर्ता र नेतृत्वमा रहेका ब्यक्ति बन्नको लागी मार्गदर्शन गर्न यस अभियान संचालन गर्दै आईएको बताउनु भयो ।

कमलामाई नगरपालिका वडा नं ६ को कार्यालयमा एक कार्यक्रमको विच सुनिता जोगीलाई वडा अध्यक्ष उज्जल कुमार थापाले आफ्नो पद एक दिनका लागि हस्तान्तरण गर्नु भएको थियो ।

 एक दिनका लागि पदभार ग्रहण गरेकी वडा अध्यक्ष  सुनिता जोगीले किशोरीहरुको क्षमता विकास र हक हितका लागि नितिगत निर्णयहरु र प्रतिवद्धता समेत कार्यक्रममा प्रस्तुत गरेकी छन् ।
उनले वडालाई बाल मैत्री र किशोरी मैत्री बनाउन आफ्नो कार्यकालमा वडाले योजनाहरु बनाउने प्रतिवद्धता सहित कार्ययोजना बनाई संयुक्त रुपमा घोषणा पत्र वडा अध्यक्ष उज्ज्वल कुमार थापालाई हस्तान्तरण गरिन्।

सहभागी अन्य किशोरीहरुले विद्यालय तथा समुदायमा भोग्दै आएको समस्याको बारे नवनियुक्त वडा अध्यक्ष सुनिता जोगीलाई जानकारी गराएका थिए ।

उनीहरूले विद्यालयरूमा महिनावारी आराम कक्ष भए पनि विहानको समयमा बन्द हुदा किशोरीहरूलाई समस्या भएका कारण  उक्त आराम कक्ष विहानको समय देखी नै खुल्ला रहनु पर्ने माग गरेका छन् । 

साथै, विद्यालयमा किशोरीहरूको उमेर अनुसार फरकफरक साइजको प्याड उपलब्ध गराउन पर्ने र कमलामाई नगरपालिका ६ मा रहेको  चिल्ड्रेन पार्कमा १८ वर्ष मुनीका सबै बालबालिकाहरुले निशुल्क प्रवेश गर्न पाउनुपर्ने माग गरेका छन् । 

कमलामाई नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष थापाले यस कार्यक्रमले किशोरीहरुलाई निर्णय प्रक्रियामा सहभागी गराउन सहयोग पुगेको बताउदै किशोरीहरुले राखेका  समस्यालाई वडा तथा कार्यपालिकाबाट छलफल गरी समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन

radiosindhuligadhhi

युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न 

रेडियो सिन्धुलीगढी, १० पुष २०८१, बुधबार ।  युवा आबद्धता द्धारा स्थानीय तहको जावाफदेहिता अभिबृद्धि स्लास परियोजना द्धारा संचालित युवा नागरिक

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने

रेडियो सिन्धुलीगढी, ०९ पुष २०८१, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बुहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा १२