तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन
रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारबाट बिशेष अनुदान स्वरुप प्राप्त १ करोड लागतमा निमार्ण भएको २ तले पक्की स्वास्थ्य चौकी भवन र गाउँपालिकाको ५२ लाख ६४ हजार ७ सय २२ रुपैया लागतमा निमार्ण भएको वडा कार्यालय भवनको आज एक कार्यक्रमका बिच पालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य चौकीका लागी चाहिने आवश्यक सामग्रीहरु व्यवस्थापनमा पालिका जुटेको बताउँदै गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले यस स्वास्थ्य चौकीबाट छिटो छरितो सेवा प्रहाव हुनेमा आफु विश्वस्त रहेको बताउँनु भयो । पहिलाको तुलनामा गाउँपालिकामा धेरै विकासका कार्यहरु भएको उहाँको भनाई छ । उहाँले आम्दानीको स्रोतहरु बढाउँन र बजारीकरणका लागी कुषि क्षेत्रमा तरकारी तथा फलफुल र सिपमुलक तालिम संचालन गर्न पालिका तयार रहेकोे धारणा राख्नु भयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष युवराज पहाडीले कृषि, पर्यटन, खानेपानी र सडक स्तरोनत्तीको कार्यमा लागी परेको बताउँनु भयो ।
कार्यक्रममा स्वास्थ्य चौकी भवनका लागी ४ रोपनी जग्गा दान गर्नुहुने रीना अधिकारी, रोहिता अधिकारी, खगेन्द्र अधिकारीलाई र सम्झौता भन्दा पहिलानै भवन निमार्ण गरेको भन्दै सुदिप विल्डर्स प्रालिलाई पनि सम्मान गरिएको थियो ।
तीनपाटन गाउँपालिका ७ का वडा अध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरको प्रमुख आतिथ्यता, उपाध्यक्ष धन बहादुर पुलामीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ११ का तिलक बहादर बस्नेत, १० का पुण्यहरी भुजेल, २ का मुकुन्द प्रसाद पौडेल, वडा नम्बर ८ का कृष्ण प्रसाद गौतम, वडा सदस्यहरु, पालिकाका बिषयगत शाखा प्रमुखहरु, पुर्व वडाअध्यक्षहरु, नेपाली काङ्ग्रेसका कोमल बहादुर खपाङ्गी, ने.क.पा एमालेका पार्टी अध्यक्ष बुद्धिमान तामाङ्, नेकपा माओवादीका पार्टी प्रतिनिधि दिनेश कुमार रमौली लगायतको उपस्थिति रहेको थियो ।
युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न
रेडियो सिन्धुलीगढी, १० पुष २०८१, बुधबार । युवा आबद्धता द्धारा स्थानीय तहको जावाफदेहिता अभिबृद्धि स्लास परियोजना द्धारा संचालित युवा नागरिक
नेतृत्व तहमा किशोरीः १६ वर्षीय सुनिता बनिन् वडा अध्यक्ष
रेडियो सिन्धुलीगढी, १० पुस २०८१, बुधबार । बालिका र किशोरीहरुलाई नेतृत्वमा ल्याउने उदेश्यले संचालन हुदै आएको गल्स टेक ओभर अभियान अन्तरगत सिन्धुलीको
हरिहरपुरगढी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०९ पुष २०८१, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बुहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा १२
प्रतिकृया दिनुहोस