गोलन्जोर गाउँपालिका ६ को घोक्सिला खोलामा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०८ पुष २०८१, सोमबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा अवस्थित घोक्सिला खोलामा निर्माण हुन लागेको बाराहा–घोक्सिला जोड्ने घोक्सिला खोला पक्की पुलको शिलान्यास गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष शंकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले संयुक्त रुपमा पक्की पुलको शिलान्यास गर्नुभएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौंडाबाट कुल ९ करोड ४५ लाख ३७ हजार एक सय चौविस रुपैया असि पैसा आर्थिक सहयोगमा पक्की पुल निमार्ण हुन लागेको गाउँपालिकाले जनाएको छ । पक्की पुल ७० मिटर लामो बन्ने छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरी, पुल निर्माण कार्यको जिम्मेवार लिएको निर्माण सेवा श्री श्रृजना निर्माण सेवा सिन्धुलीका निर्माण व्यवसायी प्रमुख एंव प्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन

radiosindhuligadhhi

युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न 

रेडियो सिन्धुलीगढी, १० पुष २०८१, बुधबार ।  युवा आबद्धता द्धारा स्थानीय तहको जावाफदेहिता अभिबृद्धि स्लास परियोजना द्धारा संचालित युवा नागरिक

radiosindhuligadhhi

नेतृत्व तहमा किशोरीः १६ वर्षीय सुनिता बनिन् वडा अध्यक्ष

रेडियो सिन्धुलीगढी, १० पुस २०८१, बुधबार । बालिका र किशोरीहरुलाई नेतृत्वमा ल्याउने उदेश्यले संचालन हुदै आएको गल्स टेक ओभर अभियान अन्तरगत सिन्धुलीको