युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न
रेडियो सिन्धुलीगढी, १० पुष २०८१, बुधबार ।
युवा आबद्धता द्धारा स्थानीय तहको जावाफदेहिता अभिबृद्धि स्लास परियोजना द्धारा संचालित युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न भएको छ । ह्याण्ड्स नेपालका सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता तथा कमलामाई नगरपलिका ६ का वडा अध्यक्ष उज्जल कुमार थापाको प्रमुख आतिथ्यतामा भएको बैठक हिजो मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
यस परियोजनाले स्वास्थ्य सस्था, विद्यालयहरुमा भएका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि पैरवी समेत गर्ने उदेश्य लिएको छ । परियोजनाको मुख्य लक्ष्य नैै युवावर्गहरुलाई स्थानिय तहमा भएका काम, कर्तब्य अधिकार प्रति जवाफदेहिता प्रवद्र्धन गर्न अभिप्रेरित गर्नु हो । यस परियोजनाले युवाहरुमा समाजिक उत्तरदायित्व र ब्यक्तिगत चौतफी विकासमा समेत मदत पु¥याई रहेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल द्धारा संचालित युवा आवद्धता द्धारा स्थानिय तहको जवाफदेहिता अभिवृद्धि स्लास परियोजना सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा संचालनमा छ ।
परियोजनाले यस अघि कमलामाई नगरपालिकाका ६ वटा वडामा कार्यक्रम संचालन गरी अंकपत्र समेत प्रकाशित भईसकेको कार्यक्रम संयोजक रोशन तिमल्सिनाले बताउँनु भयो ।
बैठकमा विद्यालयमा भएका शौचालयको अभाव, स्वच्छ पिउने पानीको समस्या, रोडक्रस गर्न जेव्रा क्रसिङ्गके समस्याको विषमा सरोकारवालाहरुले सवालहरु राखेका थिए । विद्यालय, स्वास्थ्य सस्थामा पहिचान भएका समस्याहरु समाधानका लागी आफु गम्भिर भएर लाग्ने बताउँदै कमलामाई नगरपलिका ६ का वडा अध्यक्ष थापालले सवै क्षेत्रहरुको साथ सहयोगको अपेक्षा रहेको बताउँनु भयोे ।
वैठकमा ह्याण्ड्स नेपालका अध्यक्ष वासुदेव अधिकारीले परियोजनाको दिगोपनाको लागी स्थानीय तहहरु र अन्य सरोकारवालाहरुले अपनत्व जनाए मात्र परियोजनाको लक्ष्यमा पुग्न सकिने र सहयोग तथा समन्वयका लागि सवै सरोकारवालाहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।
तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन
रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन
नेतृत्व तहमा किशोरीः १६ वर्षीय सुनिता बनिन् वडा अध्यक्ष
रेडियो सिन्धुलीगढी, १० पुस २०८१, बुधबार । बालिका र किशोरीहरुलाई नेतृत्वमा ल्याउने उदेश्यले संचालन हुदै आएको गल्स टेक ओभर अभियान अन्तरगत सिन्धुलीको
हरिहरपुरगढी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०९ पुष २०८१, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बुहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा १२
प्रतिकृया दिनुहोस