कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा ग¥र्यो

रेडियो सिन्धुलीगढी, ०६ असार २०८१, बिहिबार ।
सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागीता गुणस्तरीय शिक्षा प्राप्तिको सुिनश्चितता” भन्ने मुल नाराका साथ आज एक कार्यक्रमका बिच कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।
नगरभित्रका ४ वर्ष देखि १३ वर्ष उमेर समुहभित्र रहेका सबै बालबालिकालाई आधारभूत शिक्षामा पहुच पु¥याउँने लक्ष्यका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय र पालिकाबीच सम्झौता भई सवै वडा र विद्यालयबाट ४ वर्ष उमेर पूरा भई १३ वर्षका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा भए अनुरुप आज यस पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदैै बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बामगती प्रदेशको १ सय १९ वटै पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने टार्गेट अनुसार बषैपिच्छे ५ देखि ७ वटा पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्दै लगिएको बताउँनु भयो ।
नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले शिक्षा बाट कुनै पनि बालबालिकालाई बञ्चित हुन नदिनका लागी सबै सरोकारवाला निकायले साथसहयोग गरेमात्र आज गरिएको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमले सार्थकता पाउँने बताउँनु भयो ।
राज्यको तिनवटै निकायले शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउँनु पर्ने बताउँदै नगर उपप्रमुख मञ्जु देवकोटाले अवको शिक्षा प्रविधियुक्त र जीवनउपयोगी खालको शिक्षा हुनुपर्ने बताउँनु भयो । अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्नेमा कमलामाई नगरपालिका बागमती प्रदेशको ११ औ पालिका बनेको छ । सिन्धुलीको मरिण गाउँपालिकाले यसअघिनै अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिसकेको छ ।
कमलामाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम खनाल, शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीका इकाई प्रमुख निर्मल कुमार घिमिरे, जिल्ला समन्वय सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, वडा अध्यक्षहरु, नगरभित्रका विद्यालयका शिक्षक, शिक्षिका, कार्यपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी, कार्यपालिका सदस्यहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सिन्धुलीबाट ५ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिदै
रेडियो सिन्धुलीगढी, २९ फागुन २०८१, बिहिबार । सिन्धुलीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी हुने भएका

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण
रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस