मरिण गाउँपालिकाद्धारा १ सय ७९ जना छात्राहरुलाई साईकल वितरण

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, १७ साउँन २०८१, बिहिबार ।

सिन्धुलीको मरिण गाउँपालिकाले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका छात्राहरुलाई साईकल वितरण गरेको छ । हिजो बुधबार एक कार्यक्रमका बिच छात्रालाई साईकल वितरण गरेको हो ।

गाउँपालिकाले कपिलाकोट माध्यमिक विद्यालयमा भर्ना भएका १ सय २७ जना र खयरसाल मा.विमा भर्ना भएका ५२ जना गरि जम्मा १ सय ७९ जना छात्राहरुलाई साईकल वितरण गरेको छ । विद्यालय आवत जावत गर्न सहज होस् भन्ने उदेश्यले छात्राहरुलाई साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

साईकल वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य लेकनाथ दाहाल (राजन), गाउँपालिकाका अध्यक्ष विर्मश मुक्तान, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा ग¥र्यो

रेडियो सिन्धुलीगढी, ०६ असार २०८१, बिहिबार ।  सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “सबै बालबालिकाको

radiosindhuligadhhi

गर्मीका कारण कमलामाईमा भोलि देखि सात दिन विद्यालय बन्द हुने 

रेडियो सिन्धुलीगढी, ३० जेठ २०८१, बुधबार । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरू बन्द निर्णय गरेको छ ।

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने 

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएको