सिन्धुलीमा शिक्षकमाथी गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ
सिन्धुली । गत आइतबार सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ परेका छन्। जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ स्थित ढप्सेमा मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका ४० वर्षिय प्रेम बहादुर बम्जनमाथी गोली प्रहार गर्ने एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका ७ तुफानपुर निवासी ३० बर्सिय प्रमानन्द ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो।
ठाकुरलाई सर्लाहीको बागमती नगरपालिका १२ स्थित बथाने टोलबाट अस्ति सोमवार करिब ४ बजे पक्राउ गरिएको हो। ठाकुरलाई सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिदै छ भने बाकी २ जनाको खोजी भैरहेको बताइएको छ।
रौतहटबाट सर्लाही हुदै सिन्धुलीबाट मकवानपुर तर्फ जादै गरेको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार बम्जनमाथी गोली प्रहार हुँदा उनको दाँतमा गोली अड्किएको थियो । उनको अहिले काठमाडौंको ह्याम्समा उपचार भैरहेको छ ।
मोटरसाइकल पछाडी सवार प्रेम बहादुरका भाई ३३ बर्षीय दिल बहादुर भने सकुशल रहेका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा श्रेष्ठ
रेडियो सिन्धुलीगढी, ०५ मंसिर २०८१, बुधबार । सिन्धुलीमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । आज बुधबार सिन्धुलीमाढीमा भएको भेलाबाट
भालुको आक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका १ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका
कमलामाई नगरपालिकाले कृषकलाई निःशुल्क हिउँदे घाँसको बिउ वितरण गर्ने
रेडियो सिन्धुलीगढी, २७ कार्तिक २०८१, मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई निःशुल्क हिउँदे घाँसको बिउ वितरण गर्ने भएको छ । पशु विकास
प्रतिकृया दिनुहोस