राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा श्रेष्ठ
रेडियो सिन्धुलीगढी, ०५ मंसिर २०८१, बुधबार ।
सिन्धुलीमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । आज बुधबार सिन्धुलीमाढीमा भएको भेलाबाट उद्वव कुमार श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय जिल्ला शाखा कार्यसमिति गठन भएकोे हो ।
नवगठित राष्ट्रिय फोटो पत्रकार जिल्ला शाखाको उपाध्यक्षमा पत्रकार बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा अशोक काफ्ले ९जे।पि।टी०, कोषाध्यक्षमा कुमार दुलाल, सदस्यहरूमा बिमला रजन मगर, गंगा विसङ्खे, दिलिप कुमार श्रेष्ठ, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहेका छन् ।
राष्ट्रिय फोटो पत्रकार जिल्ला शाखाको प्रथम भेलामा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, कमलामाई नगरपालिका वडा नम्बर ६ का अध्यक्ष उज्ज्वल कुमार थापा, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, प्रेस सन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने, राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेश निवर्तमान सदस्य तथा प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष बलवीर भुजेल लगायतको उपस्थिती रहेको थियो ।
भालुको आक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका १ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका
सिन्धुलीमा शिक्षकमाथी गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ
सिन्धुली । गत आइतबार सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ परेका छन्। जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ स्थित
कमलामाई नगरपालिकाले कृषकलाई निःशुल्क हिउँदे घाँसको बिउ वितरण गर्ने
रेडियो सिन्धुलीगढी, २७ कार्तिक २०८१, मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई निःशुल्क हिउँदे घाँसको बिउ वितरण गर्ने भएको छ । पशु विकास
प्रतिकृया दिनुहोस