हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८१, बिहिबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै निशुल्क रुपमा लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुन लागेको जानकारी गराएको हो ।

लोक सेवा आयोग तयारी गर्न चाहाने पालिका भित्रका १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेका नागरिकहरुले कक्षा १२ पास वा सो भन्दा माथिल्लो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि र नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहित निवेदन पेस गर्नुपर्ने छ । 

साथै, शिक्षक सेवा आयोग तयारीका लागी १८ बर्ष पुरा भई ४० बर्ष ननाघेका पालिका भित्रका नागरिकहरुले कक्षा १२ पास वा सो भन्दा माथिल्लो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि र नागरिकता सहित पालिकाको शिक्षा शाखा कार्यालयमा वैशाख २८ गतेभित्र निवेदन पेस गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।  

लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा गाउँपालिकाको सभा हलमा संचालन हुने छ । कक्षा संचालन हुने मिति र समय पछि तोकिने गाउँपालिकाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीबाट ५ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिदै

रेडियो सिन्धुलीगढी, २९ फागुन २०८१, बिहिबार । सिन्धुलीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी हुने भएका

radiosindhuligadhhi

गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न 

रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण 

  रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।