सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी १८ औँ वर्षमा प्रवेश
रेडियो सिन्धुलीगढी,२४ पुष २०८१, बुधबार ।
सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी एफएम ९२ मेगार्हज १८ वर्षमा प्रवेश गरेको छ । २०६४ साल पुष २४ गते “बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज” भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भएको रेडियो आज बुधबार १७ वर्ष पुरा भइ १८ वर्षमा प्रवेश गरेको हो ।
रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै सुचना, समाचार र मनोरन्जनको रुपमा समुदाय स्तरका नागरिकहरुलाई सेवा प्रबाह गदैँ आएको छ । २०६४ साल पुष ९ गते बाट परिक्षण प्रसारण सुरु गरेको रेडियोले पुष २४ गते तत्कालिन सभामुख सुबासचन्द्र नेम्वाङले उद्घाटन गरे सङ्गै नियमित रुपमा प्रसारण गरेको थियो ।
हाल रेडियो सिन्धुलीढीले ५ सय वार्ट क्षमता बाट रेडियो प्रसारण गरिरहेको छ । सिन्धुली लगाायत सिन्धुली आसपासका १० वटा जिल्लामा रेडियो सिन्धुलीगढीले सुचना प्रवाह गरेको छ ।
कमलामाई नगरपालिका ९ भिमानमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न
रेडियो सिन्धुलीगढी, २४ पुष २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानको सुबिधा नगरमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीद्धारा बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण
सिन्धुली । नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले गोलन्जोर गाउँपालिका अन्तर्गतका बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण गरेको छ
प्रतिकृया दिनुहोस