नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष अर्जुन सुन्दासको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिकाँश वक्ताहरुले कपडा तथा सिलाईको क्षेत्रलाई अझ व्यवसायी मैत्री बनाउँदै आर्थिक सुधारको बाटोमा लैजानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी सघंलाई सहयोग गर्नु हुने दाताहरुलाई र हातेमेसिनबाट सिलाई पेसा सुरू गरि अहिले पनि आफ्नो पेशालाई निरन्तरता दिदै, आफ्ना सन्नतिलाई पनि सिलाई पेशामा प्ररित गर्दै आएका ९६ बर्षीय सन्त बहादुर दमाईलाई प्रमाण पत्रको साथमा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
साथै, कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति सिन्धुलीले गत पुष १६ गते मंगलबारबाट २२ गते सोमबार सम्म संचालन गरेको फेशन डिजाइन तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ भने तालिमका मुख्य प्रशिक्षक मनु थापालाई सम्मान गरिएको थियो ।
कमलामाई नगरपालिका ९ भिमानमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न
रेडियो सिन्धुलीगढी, २४ पुष २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानको सुबिधा नगरमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी १८ औँ वर्षमा प्रवेश
रेडियो सिन्धुलीगढी,२४ पुष २०८१, बुधबार । सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी एफएम ९२ मेगार्हज १८ वर्षमा प्रवेश गरेको छ । २०६४ साल
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीद्धारा बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण
सिन्धुली । नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले गोलन्जोर गाउँपालिका अन्तर्गतका बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण गरेको छ
प्रतिकृया दिनुहोस