कमलामाई नगरपालिकाद्धारा ५ वटा वडाका कृषकलाई बाख्रा वितरण

रेडियो सिन्धुलीगढी, ०४ जेठ २०८१, शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिकाले ५ वटा वडाका कृषकलाई बाख्रा वितरण गरेको छ । कमलामाई नगरपालिका पशु विकास शाखाको आयोजनामा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम अन्तर्गत वडा नम्बर १, ८, ११, १२ र १३ का कृषकलाई बाख्रा वितरण गरिएको हो ।
नगरपालिकाले हिजो बिहिबार वडा नम्बर १, ८ र १३ का कृषकलाई बोयर क्रस जातका १ सय २५ वटा बाख्रा वितरण गरेको थियो । त्यस्तै, नगरपालिकाले गत बैशाख ३० गते वडा नम्बर ११ र १२ का ४१ जना कृषकलाई ८३ वटा बाख्रा वितरण गरेको थियो । विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम अन्तर्गत ५ वटा वडाका विपन्न र एकल महिलाहरुलाई जम्मा २ सय ८ वटा बाख्रा वितरण गरिएको छ छ ।
गरिवी निवारणको लागि अति विपन्न परिवारको आर्थिक अवस्थालाई केही हद सम्म न्यूनिकरण गर्ने उदेश्यले उन्नत जातको बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । उन्नत जातका बाख्रा पाएपछि किसानहरूले खुसी व्यक्त गरेका छन् ।

सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुदै
रेडियो सिन्धुलीगढी, २१ फागुन २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । सौगात

सिन्धुलीको तीन पालिकाका कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तालिम प्रदान
रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो
रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ ।
प्रतिकृया दिनुहोस