बृहत विद्यालय सुरक्षा कार्यढाँचा सम्बन्धी तीन दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०८ वैशाख २०८१, शनिबार । 

बृहत विद्यालय सुरक्षा कार्यढाँचा सम्बन्धी तीन दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जि.एस.एस परियोजना अन्तर्गत मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोग र कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाको समन्वयमा भएको कार्यक्रम आज शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु र विद्यालयका प्रधानाध्यापकहरुको क्षमता अभिबृद्धिको साथै विद्यालयमा हुनसक्ने सम्भावित विपतलाई कम गरी क्षति न्यूनीकरण गर्ने, सुरक्षित सिकाइ र गुणस्तरीय शिक्षामा जोड दिने उदेश्यले तालिमको आयोजना गरिएको जि.एस.एस परियोजनाका बरिष्ठ कार्यक्रम संयोजक रामानन्द बैठाले जानकारी दिनु भयो । 

तालिममा सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु र विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयका लागि विद्यालय सुधार योजना महत्वपूर्ण र विद्यालयको ऐनाको रुपमा रहेको बताउँदै तालिमबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताएका थिए । 

कमलामाई नगरपालिकाकी  शिक्षा शाखा अधिकृत हित कुमारी पौडेल, दुधौली नगरपालिकाका शिक्षा सहजकर्ता लाल बहादुर कार्की, मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नबराज बराल र सुनकोशी गाउँपालिकाका शिक्षा शाखा प्रा.स. बलराम कोइरालाले विद्यालय सुधार योजना बनाउँन उपस्थित सम्पुर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु र विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरेका थिए ।

बैशाख ६ गते बिहिबार बाट सुरु भएको तालिममा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाका १३ विद्यालयका प्रधानाध्यापकहरु र विद्यालय व्यवस्थापन समितिका १३ जना अध्यक्ष तथा सदस्यहरु गरि जम्मा २६ जनाको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा ग¥र्यो

रेडियो सिन्धुलीगढी, ०६ असार २०८१, बिहिबार ।  सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “सबै बालबालिकाको

radiosindhuligadhhi

गर्मीका कारण कमलामाईमा भोलि देखि सात दिन विद्यालय बन्द हुने 

रेडियो सिन्धुलीगढी, ३० जेठ २०८१, बुधबार । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरू बन्द निर्णय गरेको छ ।

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने 

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएको