सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार ।

सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो सोमबार भिमान चेकपोस्टबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीमा सवार यात्रुबाट सुन जस्तो देखिने पहेलो धातु र गरगहना नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान १० बजे चेकजाँच गर्ने क्रममा बा ४ ख ५५४० नम्बरको फोर्स गाडीमा सवार विक्रम साहको साथबाट ती सामग्री नियन्त्रणमा लिइएको हो । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८, जगतपुरका ४८ वर्षीय साहले कपडाभित्र टेपले बेरी चारवटा प्याकेटमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त सुन र गरगहना प्रहरीले फेला पारेको थियो । ती पहेँलो धातु र गरगहनाको बिल विजक नभेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रहरीले साहको झोलाबाट ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँको काँचो सुनजस्तो देखिने बिस्कुट आकारका टुक्रा दुई थान बरामद गरेको छ । साथै, औँठी ७३ थान, मंगलसुत्र पाँच थान, झुम्का÷टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिराजस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो–सानो पोकामा १२ थान, भिभो मोबाइल एक थान तथा नगद १९ हजार रुपैयाँसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

radiosindhuligadhhi

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु 

  सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

radiosindhuligadhhi

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन