फोनिज जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा पुन रोहित कुमार गुरुङ चयन
रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीको सातौ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भाएको छ । फोनिज जिल्ला शाखा सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङ्को अध्यक्षता तथा बागमती प्रदेशका पुर्व कानुन मन्त्री तथा बागमती प्रदेश सांसद गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेशका पुर्व कानुन मन्त्री तथा बागमती प्रदेश सांसद गंगा नारायण श्रेष्ठले संचारको माध्यमबाट सत्य तथ्य सुचनाहरु आम नागरिकसम्म पु¥याउँनु पत्रकारको पहिलो कतव्र्य रहेको बताउँनु भयो ।
नयाँ नेतृत्व चयनका लागी आज भएको अधिवेशनले अध्यक्षमा पुन रोहित कुमार गुरुङलाई सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा कमल सरला सुनुवार, सचिवमा कल्पना भुजेल, सहसचिवमा संगिता डिम्दोङ र कोषाध्यक्षमा जिवी श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा गोमा श्रेष्ठ, बिमला रजन मगर, पुनम सुनुवार, गुण माया मगर, आदित्य लामा राजकुमार श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, नानुका तामाङ रहेका छन् ।
सिन्धुलीमा हायस दुर्घटना हुँदा १ जनाको मृत्यु
रेडियो सिन्धुलीगढी, ०४ माघ २०८१, शुक्रबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ६ कानढुङ्ग्रीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना
सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद
रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो
मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी
प्रतिकृया दिनुहोस