सिन्धुलीमा हायस दुर्घटना हुँदा १ जनाको मृत्यु
.jpeg)
रेडियो सिन्धुलीगढी, ०४ माघ २०८१, शुक्रबार ।
सिन्धुलीको सुनकोसी गाउँपालिका ६ कानढुङ्ग्रीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । हिजो बिहिबार साँझ साढे ५ बजेको समयमा काठमाडौंबाट जनकपुर आउँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस पछाडिको टायर पन्चर भई दुर्घटना भएको थियो । दुर्घटनामा परि १३ जना घाईते भएका थिए
घाईते मध्ये धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको छ । गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।
अन्य १२ जना घाईतेहरुको उपचार भईरहेको छ ।
फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन
प्रतिकृया दिनुहोस