प्रेस सेन्टर नेपाल सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत चयन
रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज शनिबार सम्पन्न भएको हो । पत्रकारिताका निमित्त बिचार र विबेग दुवै चाहिने बताउँदै प्रतिनिधि सभा सदस्य राजन दाहालले खराबलाई राम्रो भन्ने पत्रकार नहुने बताउँनु भयो ।
नया नेत्तुव चयनका लागी भएको अधिवेशनबाट अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुलीमाढीमा शनिबार भएको पाँचौ जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा संगिता डिम्दोङ, समावेशी उपाध्यक्षमा प्रतिमा विसि, सचिवमा मनोज दाहाल, सहसचिवहरुमा महेश ठटाल, बिर्ख वहादुर वाईबा र कोषाध्यक्षमा विशाल सतसंकर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा आस्था वि.क, उर्मिला दियाली, मोतीलाल घोले, कविराज तामाङ र पवित्रा कुमारी श्रेष्ठ चयन हुनुभएको छ ।
सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद
रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो
मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला मगर निर्वाचित
रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला रजन मगर निर्वाचित भएकी छन् । आज शनिवार
प्रतिकृया दिनुहोस