एसईईको पहिलो दिन सिन्धुलीमा ७१ परीक्षार्थी अनुपस्थित
सिन्धुली । आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सिन्धुलीमा ७१ परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयमा ५१ छात्र र २० छात्रा गरि ७१ परीक्षार्थी अनुपस्थित भएका हुन् । शिक्षा विज्ञान तथा समन्वय इकाई सिन्धुलीको अनुसार २ हजार ४ सय ५० छात्र र २ हजार ७ सय ९४ छात्रा गरि ५ हजार २ सय ४४ विद्यार्थीले भने अनिवार्य अङ्ग्रेजी विषयको परिक्षा दिएका छन् ।
परीक्षाका लागि जिल्लाभर २५ वटा परीक्षा केन्द्रहरू तोकिएको छ । जिल्लामा सामुदायिक विद्यालय तर्फ १ सय २३ र संस्थागत तर्फ २२ विद्यालय गरि कुल १ सय ४५ वटा विद्यालयहरु (एसईई) परिक्षामा सामेल भएका छन् ।
हरिहरपुरगढी गाउँपालिका ८ स्थित सरस्वती शिशुबाल प्राविको चार कोठे पक्की भवनको शिलान्यास
रेडियो सिन्धुलीगढी, २५ पुष २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार
मरिणका स्नातक तह उर्तीण गरि विबाह गर्ने किशोरी तथा अविबाहित महिलालाई प्रोत्साहन रकम प्रदान गरिने
रेडियो सिन्धुलीगढी, २० मंसिर २०८१, बिहिबार । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उर्तीण गरि विबाह गर्ने किशोरी तथा अविबाहित महिलालाई प्रोत्साहन
मरिण गाउँपालिकाद्धारा १ सय ७९ जना छात्राहरुलाई साईकल वितरण
रेडियो सिन्धुलीगढी, १७ साउँन २०८१, बिहिबार । सिन्धुलीको मरिण गाउँपालिकाले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका छात्राहरुलाई साईकल वितरण
प्रतिकृया दिनुहोस