लघु चलचित्र ‘गो सु नङा ?’ युट्युबमा सार्वजनिक

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङा ?’ ९म को हुँ ?० युट्युवमा सार्वजनिक भएको छ । सुनुवार जातिको पहिचानको वकालत गर्ने लघु चलचित्र ‘गो सु नङा ?’ शिव मुखियाले निर्देशन गर्नुभएको हो भने कथा कलाकार इँगिहोपो कोँइच सुनुवारले रचना गर्नुभएको हो ।  

यस चलचित्रमा सुनुवार जातिको आफ्नो भाषा संस्कृतिको महत्व दर्शाइएको छ । चलचित्रमा छोटो समयमै धेरै कुरा समेट्ने प्रयास गरिएको छ । पछिल्लो समय सुनुवार भाषाको बोलीचालीमा आधुनिकतासँगै बसाइँसराइका कारण कमी आएको पाइनुका साथै आफ्नो जातीय पहिचानमा पनि अज्ञानता बढ्दै जानुका कारण चलचित्रको शीर्षक अनुरुप नै ूगो सु नङा रुू अर्थात ूम को हुँ ? भन्ने कुरालाई देखाउन खोज्नु समय सान्दर्भिक छ ।

चलचित्रमा शहरमा हुर्केको सुर्य जो आफ्नो जातिको संस्कार, संस्कृतिको बारेमा अन्जान हुन्छ । उसको साथीहरुले ूतँ सुनुवार हो भने सुनुवार भनेको कस्तो जाति हो ? भन्ने प्रश्नमा उत्तर दिन नसकेपछि ूआफू को हुँ ? भन्ने प्रश्नको उत्तर खोज्ने कौतुहलताले डोराएको सुर्यको यात्रा हो चलचित्र ूगो सु नङा ? ।  यो समस्या सुनुवार जातिको मात्र नभएर पछिल्लो समय सम्पूर्ण आदिवासीहरुको पनि सवाल बनेर उठेको छ ।

यो लघु चलचित्र २०७४ मा निर्माण सम्पन्न भएर विभिन्न देश, विदेशको चलचित्र महोत्सवहरुमा भाग लिई प्रथम स्थानको उपाधीपनि हात पार्न सफल भएको थियो ।

चलचित्रको मुख्य कलाकारमा जीवन सुनुवार किरात, लेख बहादुर सुनुवार, केर कोइँच लिनुच, पूजा सुनुवार, लक्ष्मी सुनुवार, सम्रान्त थापा, सबिन कट्टेल, सावित्री सुनुवार, एलिना सुनुवार लगायतका कलाकारहरुको अभिनय रहेको छ भने छायाँकनमा आशिष लिम्बु र अमृत सुनुवार, छायाँकन सहयोगी मणिराज सुनुवार किरात, मेकअपमा पूजा सुनुवारका साथै मुख्य निर्देशन सहयोगी केर कोइँच लिनुच, प्रथम निर्देशन सहयोगी लक्ष्मी सुनुवार र निर्माण व्यवस्थापक बृहशमान सुनुवारको रहेको छ ।

हाँबा, दोलखा र काठमाडौंमा छायांकन गरिएको लघु चलचित्र ‘गो सु नङा रु’ सुनुवार आर्टिस्ट एण्ड फिल्ममेकर सोसाईटी -SAF Society_ युट्युब च्यानलबाट साउन १५ गते शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलामाई नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ भाद्र २०७८, बुधबार/ कमलामाई नगरपालिकामा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मानव

radiosindhuligadhhi

बिर्ख वाईबा तामाङका तीन मुक्तक

रेडियो सिन्धुलीगढी, ०८ भाद्र, मंगलबार मुक्तक १ भित्र चप्पल लगाई उभिँदा नि, पाप लाग्छ भन्छन् टिपेर भेटि बेसहारालाई दिदा नि, पाप लाग्छ भन्छन् मन्दिर

radiosindhuligadhhi

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा