बिर्ख वाईबा तामाङका तीन मुक्तक

SITENAME

रेडियो सिन्धुलीगढी, ०८ भाद्र, मंगलबार

मुक्तक १
भित्र चप्पल लगाई उभिँदा नि, पाप लाग्छ भन्छन्
टिपेर भेटि बेसहारालाई दिदा नि, पाप लाग्छ भन्छन्
मन्दिर बनाउनेले चाहिँ, छाना समेत कुल्चेर बनायो
मैले जाबो पच्थर कुल्चिदा नि, पाप लाग्छ भन्छन्


मुक्तक २
आखिर खराब रहेछ आफ्नै बानी, पिउनु भएन 
गरेर तिरस्कार, गरेर मानहानी, पिउनु भएन
कक्षामा जातीय छुवाछूत बारे पढाउने शिक्षकले नै
दलित विद्यार्थीले छोएको पानी, पिउनु भएन 


मुक्तक ३
नबनी कत्ति पनि लाचार समाउने पो हो कि  
हिम्मत जुटाई नमानी हार समाउने पो हो कि  
कलम समाउने कयौं चेली सुरक्षीत भएनन् 
बरु कलमको सट्टा हतियार समाउने पो हो कि
                                                                                                                                                                                                            बिर्ख वाईबा तामाङ घ्याङ्लेख गाउँपालिका –२ सिन्धुली

प्रतिकृया दिनुहोस
SITENAME

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलामाई नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ भाद्र २०७८, बुधबार/ कमलामाई नगरपालिकामा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मानव

SITENAME

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा

SITENAME

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा