अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलामाई नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २३ भाद्र २०७८, बुधबार/ कमलामाई नगरपालिकामा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्युनता भन्ने मुल नारा सहित साक्षरता अभिवृद्धिमा विद्यार्थीको भुमिका विषयक कार्यक्रम आज सिन्धुलीमाढीमा भएको हो । 

कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र ह्याड्स नेपाल सिन्धुलीको समन्वय तथा साझेदारीमा कमलामाई नगरपालिकाको आयोजनामा भएको हो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कमलामाई नगरपालिकाका सामुदायि विद्यालय र निजि विद्यालय गरि ९ वटा विद्याालयका १७ जना विद्यार्थिहरुको सहभागिता रहेको ह्याड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विसकसेन ढकालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा कमलामाई नगरपालिकाका शिक्षा अधिकारी शंकरराज लुईटेल र फाल्गुनी तिमल्सिनाले मुल्यांकन गर्नुभएको थियो । 

कार्यक्रममा सहभागि भएका विद्यार्थिहरु मध्य प्रथम, द्धितिय, तृतिय र सान्वना हुनेलाई क्रमशः ३ हजार, २ हजार, १ हजार, ५ सय नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक तिमल्सिनाले बताउनुभयो । साथै सहभागि सबै विद्याालयहरुलाई प्रमाणपत्र दिई सम्मान गरिएको छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

बिर्ख वाईबा तामाङका तीन मुक्तक

रेडियो सिन्धुलीगढी, ०८ भाद्र, मंगलबार मुक्तक १ भित्र चप्पल लगाई उभिँदा नि, पाप लाग्छ भन्छन् टिपेर भेटि बेसहारालाई दिदा नि, पाप लाग्छ भन्छन् मन्दिर

radiosindhuligadhhi

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा

radiosindhuligadhhi

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा