तीनपाटन १ को कांग्रेस वडा सभापतीमा कर्ण बहादुर थापा चयन

रेडियो सिन्धुलीगढी, २०८३ असोज ०५, सोमबार ।
कृष्ण अधिकारी
नेपाली कांग्रेस तीनपाटन गाउँपालिका वडा नं १ को १५ औ अधिवेशन सम्पन्न भएको छ । कार्यसमिति सभापति अविनास अधिकारीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्दिय सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको हो ।
तीनपाटन १ को बेलघारीमा सम्पन्न अधिवेशनबाट कर्ण बहादुर थापा वडा सभापतिमा चयन भएका छन् । त्यस्तै उपसभापतिमा इद्र बहादुर क्याप्छाकी, महिला उपसभापतिमा सर्मिला ठकुरी, सचिवमा डोर प्रसाद घिमिरे, सहसचिवमा युगेस कार्की, चयन भएका छन् ।
यस्तै, महिला सदस्यहरुमा झलिमाया घिमिरे, मञ्जु हायू,, खुल्ला सदस्यमा राम बहादुर तामाङ्ग, थल बहादुर मगर, तेज बहादुर बसेल, इन्द्र बहादुर कार्की चयन भएका छन् भने कोषाध्यक्ष कार्यसमितिको पहिलो बैठकले मनोनित गरिने नेपाली काग्रेस बेलघारीले जनाएको छ ।
कार्यक्रममा आफ्नो ऊर्जाशील जवानी समर्पण गरी निरन्तर पार्टीलाई योगदान पुर्याउनुभएका र कठिन परिस्थितिमा पनि नेपाली कांग्रेसलाई जोगाउन जिवन भर निरन्तर ठूलो भूमिका पुर्याउनुभएका दुई स्थानिय अग्रज प्रजातन्त्र सेनानी लोकबहादुर हमाल र छत्रबहादुर बस्नेतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा अकोराबको विरोध, तत्काल र निःशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटी माग
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले आपत्ति जनाउँदै स्थापित न्यायिक प्रक्रियाबाट समाधान

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र
रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी
रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।






प्रतिकृया दिनुहोस