हायूगाउँको ऐतिहासिक तथा सांस्कृतिक म्यापिङ सम्पन्न, ‘फोर्ट स्टेज राइड’ को तयारी तीव्र

SITENAME

रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार ।

आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून कार्बन पर्यटकीय करिडोर निर्माणको पूर्वतयारी स्वरूप स्टोरीसाइकलले सिन्धुली क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक बस्तीहरूको डिजिटल नक्साङ्कन तीव्र बनाएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर सञ्चालन भइरहेको यस अभियानअन्तर्गत सुनकोसी गाउँपालिका वडा नम्बर २ स्थित समुद्री सतहबाट १३ सय मिटर उचाइमा रहेको ऐतिहासिक हायूगाउँ को म्यापिङ कार्य सफलताका साथ सम्पन्न भएको छ । बिपी राजमार्गबाट करिब ९ किलोमिटर उकालोमा रहेको, विशेष गरी स्वादिलो जुनार, सुन्तला र कागतीका लागि प्रख्यात हायूगाउँमा लोपोन्मुख हायू समुदायसँगै नेवार र तामाङ जातिको बसोबास छ ।

करीब ३ दर्जन घर रहेको यस बस्तीका सांस्कृतिक सम्पदा, स्थानीय जनजीवन र रैथाने खाद्य चक्र लाई जिओ–ट्याग गरी खुला डेटा प्रणालीमा अभिलेखीकरण गरिएको छ । 

अभियानबारे जानकारी दिँदै स्टोरीसाइकलका निर्देशक तथा टिम लिड सौरभ ढकालले ३९०.५ किलोमिटर लामो फोर्ट स्टेज राइडलाई आफूहरूले केवल साइकल यात्राका रूपमा नहेरेको बताउनुभयो। सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई जोड्ने करिडोरभित्र रहेका हायूगाउँजस्ता ऐतिहासिक बस्तीको विशिष्ट संस्कृति, रैथाने खानपान र स्थानीय जनजीवनलाई डिजिटल माध्यमबाट विश्वसामु पु¥याउने अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

ढकालका अनुसार स्थानीय युवालाई डिजिटल प्रविधिसँग जोड्नुका साथै खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन घटाउने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने दिशामा डिजिटल नक्साङ्कन महत्त्वपूर्ण खुड्किलो बन्नेछ ।

अभियानअन्तर्गत भोलि शुक्रबार सिन्धुलीमाढीमा स्थानीय होटल व्यवसायी, युवा तथा सरोकारवालाका लागि न्यून कार्बन पर्यटन, हरित ऊर्जा अडिट र डिजिटल म्यापिङसम्बन्धी विशेष अन्तरक्रियात्मक सत्र आयोजना गरिनेछ । कार्यक्रमको संयोजन सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले गर्नेछ ।

यसैगरी, असोज १० गने पर्सि शनिबार टोलीले हरिहरपुरगढी क्षेत्रमा पुगेर हरिहरपुरगढी गाउँपालिकाको संयोजनमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र युवाहरूसँग डिजिटल म्यापिङ तथा हरित आतिथ्य सम्बन्धी छलफल एवं नक्साङ्कन कार्य अगाडि बढाउने छ ।

सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई साइकलमार्फत जोडी ललितपुर निस्किने यस फोर्ट स्टेज राइड करिडोरले स्थानीय रैथाने उत्पादनको प्रवद्र्धन गर्ने, खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन घटाउने र सिन्धुलीका पर्यटकीय बस्तीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा

रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन

SITENAME

नेपाली कांग्रेस कमलामाई नगरपालिकाको सभापतिमा समुन्द्र श्रेष्ठ चयन 

रेडियो सिन्धुलीगढी, ०७ असोज २०८३, बुधबार । नेपाली कांग्रेस कमलामाई नगरपालिका सिन्धुलीको ९ औं अधिवेशनबाट सभापतिमा समुन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

SITENAME

लोककल्याणकारी विज्ञापन बापतको बिल नबुझ्न माग गर्दै पत्रकार महासंघ सिन्धुलीले हुलाक कार्यालयमा ज्ञापन पत्र बुझायो  

रेडियो सिन्धुलीगढी, ०६ असोज २०८३, मंगलबार । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले कुनै पनि छापा सञ्चारमाध्यमको लोककल्याणकारी विज्ञापन बापतको

↑