नेपाली कांग्रेस कमलामाई नगरपालिकाको सभापतिमा समुन्द्र श्रेष्ठ चयन

रेडियो सिन्धुलीगढी, ०७ असोज २०८३, बुधबार ।
नेपाली कांग्रेस कमलामाई नगरपालिका सिन्धुलीको ९ औं अधिवेशनबाट सभापतिमा समुन्द्र श्रेष्ठ चयन हुनुभएको छ । आज (बुधबार) भएको अधिवेशनबाट उहाँ नगरसभापतिमा सर्वसम्मत चयन हुनु भएको हो ।
अधिवेशनबाट उपसभापतिमा विशेश्वर पाण्डे, महिला उपसभापतिमा सिता लो, सचिवमा बलराम अधिकारी, सहसचिवमा मान बहादुर खत्री र कोषाध्यक्षमा टिका प्रसाद चौलागाइ चयन भएका छन् ।
साथै, नगर पार्टी प्रवक्ता शेरमान कुवर सहित ३७ सदस्यीय नगर कारयसमिती चयन भएको छ ।
सिन्धुलीको ७ वटा गाउँपालिका र २ वटा नगरपालिकाको सबै वडामा वडा अधिवेशन सम्पन्न भए पश्चात पालिका अधिवेशन गरिएको हो । अहिले जिल्लाको अन्य पालिकामा पालिका अधिवेशन चलिरहेको छ । पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन भएको हो । कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाण्डौमा हुदैछ ।

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन

हायूगाउँको ऐतिहासिक तथा सांस्कृतिक म्यापिङ सम्पन्न, ‘फोर्ट स्टेज राइड’ को तयारी तीव्र
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून

लोककल्याणकारी विज्ञापन बापतको बिल नबुझ्न माग गर्दै पत्रकार महासंघ सिन्धुलीले हुलाक कार्यालयमा ज्ञापन पत्र बुझायो
रेडियो सिन्धुलीगढी, ०६ असोज २०८३, मंगलबार । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले कुनै पनि छापा सञ्चारमाध्यमको लोककल्याणकारी विज्ञापन बापतको






प्रतिकृया दिनुहोस