लोककल्याणकारी विज्ञापन बापतको बिल नबुझ्न माग गर्दै पत्रकार महासंघ सिन्धुलीले हुलाक कार्यालयमा ज्ञापन पत्र बुझायो

रेडियो सिन्धुलीगढी, ०६ असोज २०८३, मंगलबार ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले कुनै पनि छापा सञ्चारमाध्यमको लोककल्याणकारी विज्ञापन बापतको बिल नबुझ्न माग गर्दै जिल्ला हुलाक कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले लोककल्याणकारी विज्ञापन बापतको रकममा ५० प्रतिशत सम्म कटौती गर्ने गरी छापा माध्यमका लागी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि २०८३ संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । सो कार्यविधि खारेज संगै विज्ञापन बापतको बिल नबुझ्न माग गर्दै हुलाक कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
यस कार्यविधि खारेज गर्न पत्रकार महासंघ केन्द्रिय समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएपनि महासंघको माग र सञ्चार क्षेत्रको सरोकारलाई सम्बोधन नगरी विज्ञापन सम्बन्धी बिल बुझ्ने प्रक्रिया अघि बढाएकोप्रति जिल्ला शाखाले गम्भिर आपत्ती जनाएको छ ।
यस मागलाई वेवास्ता गर्दै बिल बुझ्ने कार्य अघि बढाएमा हुलाक कार्यालयमा तालाबन्दी लगायतका थप सशक्त आन्दोलनका कार्यक्रम संचालन गर्न बाध्य हुने महासंघ जिल्ला शाखाका अध्यक्ष बाबुराम देवकोटाले बताउँनु भयो । उहाँका अनुसार आन्दोलनबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने छ । देशभरका छापा माध्यमलाई आर्थिक रुपमा कमजोर बनाउँने र धराशायी पार्ने गलत मनसायले यस्तो व्यवस्था ल्याएको ज्ञापन पत्रमा भनिएको छ ।
देशमा आर्थिक मन्दीको प्रभाव कायमै रहेको, कागज, मुद्रण सामग्री तथा अन्य संचालन खर्च निरन्तर बढिरहेको अवस्थामा राज्यले सञ्चारमाध्यमलाई राहत र प्रोत्साहन दिनुपर्नेमा उल्टै विज्ञापनको रकममा कटौती गर्ने नीति अघि बढाउँनु सञ्चार क्षेत्रका लागी थप चुनौतीपुर्ण कदम रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
चालु आर्थिक बर्षको बजटे संघीय संसदबाट पारित भईसकेको अवस्थामा सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको भुक्तानीमा प्रतिकुल प्रभाव पार्ने गरी कार्यविधि संशोधन गर्नु व्यवहारिक र न्यायोचित नभएको महासंघको ठहर छ । यसबाट आर्थिक रुपमा कमजोर अवस्थामा रहेका स्थानीय तथा मोफसलका छापा माध्यमहरु थप संकटमा पर्ने महासंघले जनाएको छ ।

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन

हायूगाउँको ऐतिहासिक तथा सांस्कृतिक म्यापिङ सम्पन्न, ‘फोर्ट स्टेज राइड’ को तयारी तीव्र
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून

नेपाली कांग्रेस कमलामाई नगरपालिकाको सभापतिमा समुन्द्र श्रेष्ठ चयन
रेडियो सिन्धुलीगढी, ०७ असोज २०८३, बुधबार । नेपाली कांग्रेस कमलामाई नगरपालिका सिन्धुलीको ९ औं अधिवेशनबाट सभापतिमा समुन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।






प्रतिकृया दिनुहोस