पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा अकोराबको विरोध, तत्काल र निःशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटी माग 

SITENAME

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले आपत्ति जनाउँदै स्थापित न्यायिक प्रक्रियाबाट समाधान खोज्न माग गरेको छ ।  काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै सञ्चार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाएको हो ।  

विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएको स्मरण गराउँदै सञ्चार सामग्रीप्रति असहमति भएमा त्यसको समाधान स्थापित न्यायिक प्रक्रिया र प्रचलित कानुनमार्फत खोजिनुपर्ने उल्लेख गरिएको छ ।  
यस विपरीत गरिएको पक्राउ, छापामारी र उपकरण नियन्त्रणमा लिने कार्यले स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको स्वायत्ततामाथि प्रत्यक्ष प्रहार गरेको अकोराबको ठहर छ ।  

अकोराबले पत्रकारको सूचना स्रोतसँग सम्बन्धित सामग्री तथा उपकरण जफत गरिनु स्रोत संरक्षणको अन्तर्राष्ट्रिय सिद्धान्त विपरीत भएको जनाउँदै यसले खोज पत्रकारितामाथि समेत नकारात्मक प्रभाव पार्ने जनाएको छ ।  

यस्ता गतिविधिले सञ्चार क्षेत्रमा भय र त्रासको वातावरण सिर्जना गरी स्वतन्त्र तथा जिम्मेवार पत्रकारितालाई निरुत्साहित गर्ने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।  
अकोराब नेपालले सरकार तथा सम्बन्धित निकाय समक्ष पत्रकार श्रेष्ठमाथि गरिएको कारबाहीको तत्काल पुनरावलोकन गर्न, जफत गरिएका सञ्चार उपकरण र सामग्री अविलम्ब फिर्ता गर्न तथा कानुनी राज्यको सिद्धान्तअनुसार न्यायोचित प्रक्रिया अवलम्बन गर्न माग गरेको छ ।  

पत्रकारले निर्भीक रूपमा पेसागत दायित्व निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न समेत जोड दिइएको छ । अकोराबले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र पत्रकारको स्रोत संरक्षणको सिद्धान्तलाई पूर्ण रूपमा सम्मान गर्न पनि माग गरेको छ ।

यसैबिच, नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ ।
साथै, प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख छ । 

पत्रकारले प्रकाशित गरेको समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत समाधान खोज्नुपर्ने सोसाइटीको धारणा छ ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण त्रसित बनाउने वा स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने गतिविधिप्रति ध्यानाकर्षण गराएको छ ।

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति नेपाल मिडिया सोसाइटी सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहने पनि उल्लेख छ ।
यसैबिच, पत्रकार श्रेष्ठलाई भेट्न गएका उनका वकिलहरुलाई समेत प्रहरीले भेट्न दिएको छैन । उनलाई केहिबेरमा अदालत उपस्थित गराईने छ । 

प्रतिकृया दिनुहोस
SITENAME

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र 

रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

SITENAME

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी

रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

SITENAME

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न

  रेडियो सिन्धुलीगढी, ०९ फागुन २०८२, शनिबार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रमको