पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र

रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै नेकपा एमाले सिन्धुलीले बिरोध पत्र बुझाएको छ ।
पुर्वप्रधानमन्त्री ओली र पुर्वगृहमन्त्री लेखकलाई प्रतिशोधपुर्ण, पुर्वाग्रही र गैरकानुनी गिरफ्तारीको विरुद्ध एमाले सिन्धुलीले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विरोध पत्र बुझाएको हो ।
आज ( आईतबार) विरोध पत्र बुझाउँदै नेकपा एमाले सिन्धुलीले उहाँहरुको गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहको ठहरदै तत्काल रिहाइको माग गरेको छ ।
२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति पार्टीको सुरुदेखि नै असहमती र विरोध रहँदै आएको जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठद्धारा हस्ताक्षरित विरोध पत्रमा उल्लेख गरिएको छ ।
उक्त आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको र आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको पार्टीको ठहर रहेकाले उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न समेत बिरोध पत्रमा माग गरिएको छ ।
कार्की आयोग निष्पक्ष छानविनका लागि बनेको होइन भन्ने पार्टीको धारणा आयोगको एकपक्षीय प्रतिवेदनले नै पुष्टि गरेकाले उक्त आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण, तत्कालीन राजनैतिक नेतृत्वको चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित र घृणाको राजनीतिलाई संस्थागत गर्ने गरी तयार भएको उल्लेख गरिएको छ ।
असंवैधानिक, पुर्वाग्रही र प्रतिशोधपूर्ण आयोगको प्रतिवेदन कार्यन्वयनको नाममा भर्खरै बनेको सरकारले मुलुकको लोकतान्त्रिक शक्तिहरुमाथि प्रहार र आक्रमण शुरु गर्नु, पार्टीका अध्यक्ष लगायतलाई पक्राउ गर्नुलाई एमाले सिन्धुलीले सिङ्गो कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार र दमन शुरु भएको ठहर गरेको छ ।
पार्टीका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उहाँहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्नका लागि सम्पुर्ण राजनीतिक दलहरू, नागरिक समाज र सिन्धुलीबासी आम जनसमुदायलाई नेकपा एमाले सिन्धुलीले आग्रह समेत गरेको छ ।
साथै यस गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आम नागरिकलाई चिन्तित तुल्याएकोले यस घटनाबाट विचलित नभई यी हर्कतका विरुद्ध लोकतन्त्रको पक्षमा एकता, दृढताका साथ अघि बढ्न साथै संघर्षमा उत्रन पनि पार्टीपंति र जनसमुदायमा आह्वान गरिएको छ ।
लोकतान्त्रीक विधि र भावना भन्दा विपरित रहि सरकार मुढेबलको भरमा अघि बढ्न खोजे महंगो मुल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा अकोराबको विरोध, तत्काल र निःशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटी माग
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले आपत्ति जनाउँदै स्थापित न्यायिक प्रक्रियाबाट समाधान

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी
रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, ०९ फागुन २०८२, शनिबार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रमको





प्रतिकृया दिनुहोस