सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी

रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार ।
सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । सिन्धुली क्षेत्र नम्बर १ मा धनेन्द्र कार्की र सिन्धुली क्षेत्र नम्बर २ मा आशिष गजुरेल निर्वाचित हुनुभएको हो ।
सिन्धुली १ मा रास्वपाका धनेन्द्र काकीले १६ हजार ६ सय ५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमाले प्रदिप कटुवालले १५ हजार ८ सय ७५ मत प्राप्त गर्नुभएको थियो । साथै नेपाली कम्युष्टि पार्टीका डेकेन्द्र प्रसार सुवेदीले ४ हजार ७ सय ८ र नेपाली काँग्रेसका उज्जवल प्रसाद बरालले १५ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९ सय ४० मत ल्याएर विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्धवार लेखनाथ दाहाल राजनले १४ हजार ७ सय ८० मत प्राप्त गरेका थिए । साथै नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६ सय ६ र नेपाली काँग्रेसकी सुशिला थिङले ६ हजार ७ सय ६० मत प्राप्त गरेकी छन् ।
कुल १ लाख १५ हजार २ सय १४ मत खसेकोमा ६ हजार ५ सय ३७ मत बदर भएको थियो । सिन्धुली क्षेत्र नम्बर १ मा १२ जना र सिन्धुली क्षेत्र नम्बर २ मा १६ जनाले उम्मेद्धवारी दर्ता गरेका थिए ।

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र
रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, ०९ फागुन २०८२, शनिबार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रमको

कमलामाई १२ मा नेकपाका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश
सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिन्धुलीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का करिब दुई दर्जन स्थानीय




प्रतिकृया दिनुहोस