कमलामाई नगरपालिका २ को दुईवटा टोल एकैसाथ सफा र स्वच्छ घर तथा समुदाय घोषणा

रेडियो सिन्धुलीगढी, ०९ जेठ २०८२, शुक्रवार ।
पूर्ण सरसफाई मार्गदर्शन अनुसार स्वच्छ र सफा क्षेत्र स्वघोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ स्थित निबुवाटार र तल्लो बोहोरे टोललाई एकै साथ सफा र स्वच्छ टोल घोषणा गरिएको छ । वडा नम्बर २ का वडा अध्यक्ष इन्द्र वाइवाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा निबुवाटार टोलका २५ घर र तल्लो बेहोर टोलेका २७ गरी ५२ घरलाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल, मानव तथा राष्ट्र्र्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा संचालित बालिका शसक्तिकरण परियोजना अन्तर्गत खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी पुर्ण सरसफाईका ६ सुचक तथा व्यवहारहरु पुरा गरिएको थियो ।
परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन अन्तर्गत विभिन्न टोल तथा समुदायमा स्वच्छता बानीव्यवहार परिवर्तन सम्बन्धी विभिन्न कक्षाहरु सञ्चालन गरी नियमित अनुगमन कार्यक्रम समेत संचालन गरेको थियो ।
निश्चित टोल भित्र बसोबास गर्ने समुदायको सबै घरपरिवारको सरसफाइ र स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन भई स्वच्छ र सफा क्षेत्र घोषणाका लागि आवश्यक सूचकहरु पूरा भएपछि वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरी पालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति समेत अनुगमन गरी सुचक प्रमाणीकरण गरेको हो ।
घोषणा कार्यक्रको अवसरमा २ टोलका ५२ घरधुरीका अभिभावहरुको पुर्ण सरसफाईका ६ सुचकहरुलाई नियमित कार्यान्वयमा ल्याउने र आफ्नो टोललाई सफा र स्वच्छ कायम राख्ने र निरन्तरता दिनको लागी प्रतिवद्धता पक्रमा हस्ताक्षर समेत गरिएको छ ।
कार्यत्रममा सफा र स्वच्छ टोलको लागी पुर्ण सरसफाईका सुचकहरु परा गर्न सहयोग गर्ने सहजकर्ता पुर्णीमा डिम्दोङलाई सामाजिक व्यवहार परिवर्तनमा सहयोग गरे बापत सम्मान गरिएको थियो भने आफ्नो घर सधै सफा गर्ने र सबै भन्दा पहिला सुचक पुरा गर्ने ६ जना अभिभावकहरु समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले घर, टोल, वडा मात्रै नभई पालिकालाई नै सफा र स्वच्छ घोषणा गर्ने योजना भएको हुदा सरसफाई कार्यक्रमलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको बताउँनु भयो ।
साथै, सफा र स्वच्छता घोषणा कार्यक्रमलाई दिगोपना दिनका लागी सबैले सरसफाईका सुचकहरुलाई व्यवहारमा निरन्तरता दिन अनुरोध गर्नु भयो ।
घोषणा सभामा सहभागी हुनुभन्दा अगाडी २ टोलका अभिभावकहरुले सरसफाई र स्वच्छता सम्बन्धी र्याली निकालेका थिए । कार्यक्रममा कमलामाई नगरपालिकाका बातावरण शाखा प्रमुख प्रकाश चन्द्र कार्की, वडा नं. २ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिहरु र साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

मरिण ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श लिए
रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार । सिन्धुलीको मरिण गाउँपालिका ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी

एकीकृत घुम्ती स्वास्थ्य शिविर मार्फत किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान
रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ का ५१ जना किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित
प्रतिकृया दिनुहोस