एकीकृत घुम्ती स्वास्थ्य शिविर मार्फत किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान

रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ का ५१ जना किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान गरिएको छ । आज आइतवार वडा नम्बर ३ को श्री सुकेश्वरी आधारभुत विद्यालय चनौटेमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य शिविर मार्फत पहुच बाहिर रहेका किशोरी किशोरीलाई परामर्श प्रदान प्रदान गरिएको हो ।
मरिण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा जि.एस.एस. परियोजना अन्तर्गत संचालित एकीकृत घुम्ती शिविरबाट १ सय ४९ जना महिला र १८ जना पुरुष गरि १ सय ६७ जनाले सेवा लिएका छन् ।
शिविरमा ४८ जना महिलाको भिआईए परिक्षण गरिएकोमा २ जना संकास्पद भेटिएको छ भने १ सय ३० जना सेवाग्राहीहरुलाई औषधी प्रदान गरिएको छ ।
शिविरमा १ जना महिलाहरुको पाठेघरमा रिङ पेसरी राखिएको छ भने शिविरमा परिक्षण गराएका ७ जना महिलाहरुको पाठेघर खसेको पाईएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिए ।
बालिका सशक्तिकरण परियोजना अन्तर्गत मरिण गाउँपालिकाका केहि वडाहरुमा एकीकृत घुम्ती शिविर सम्पन्न भईसकेको छ ।
गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तान (प्रख्यात) को अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडा नं. ३ का अध्यक्ष जित बहादुर श्रेष्ठ, वडा सदस्यहरू, स्वास्थ्यकर्मीहरू, शिक्षक, अभिभावक, तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमलामाई नगरपालिका २ को दुईवटा टोल एकैसाथ सफा र स्वच्छ घर तथा समुदाय घोषणा
रेडियो सिन्धुलीगढी, ०९ जेठ २०८२, शुक्रवार । पूर्ण सरसफाई मार्गदर्शन अनुसार स्वच्छ र सफा क्षेत्र स्वघोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि

मरिण ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श लिए
रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार । सिन्धुलीको मरिण गाउँपालिका ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित
प्रतिकृया दिनुहोस