अन्तरपालिका स्तरीय दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता सुरु

रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार ।
सिन्धुलीको कमलामाई नगरपालिकामा दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता सुरु भएको छ । कमलामाई नगरपालिका ६ स्थित खम्बेचौरमा आज बाट सुरु भएको अन्तरपालिका स्तरीय दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता भोलि सकिने छ ।
कमलामाई नगर खेलकुद समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख पोखरेलले खेलले आपसी सम्बन्ध सुदृढ बनाउँनुका साथै युवालाई सकारात्मक मार्गमा अगाडि बढाउन सहयोग गर्ने बताउँनु भयो ।
प्रतियोगिताबाट विजेता बन्ने टिमलाई नगद एक लाख, उपविजेता टिमलाई ५० हजार र तृतीय हुने टिमलाई २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
साथै, उत्कृष्ट खेलाडीलाई नगद २ हजार स्पाइकर, डिफेन्ड र ब्लकरलाई एक / एक हजार नगद प्रदान गरिने नगर खेलकुद विकास समितिले जनाएको छ ।

कमलामाईमा जेठ २ र ३ गते दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता हुदै
रेडियो सिन्धुलीगढी, २८ वैशाख २०८२, आइतवार । सिन्धुलीको कमलामाई नगरपालिकामा जेठ २ र ३ गते दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता हुने भएको छ ।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता : महिला/पुरुष दुबैमा तीनपाटन विजयी
रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८२, बिहिवार । तीनपाटन गाउँपालिकामा सम्पन्न दोस्रो जिल्ला अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा

फिक्कल उपाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने
रेडियो सिन्धुलीगढी, २२ वैशाख २०८२, सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जेठ ४ गतेदेखि जेठ ६
प्रतिकृया दिनुहोस