कमलामाईमा जेठ २ र ३ गते दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता हुदै 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २८ वैशाख २०८२, आइतवार ।

सिन्धुलीको कमलामाई नगरपालिकामा जेठ २ र ३ गते दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता हुने भएको छ  । कमलामाई नगरपालिका ६ स्थित खम्बेचौरमा अन्तरपालिका स्तरीय दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता हुन लागेको हो । 

नगर खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागीताका लागी नागरिकता वा जन्म दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो सहित जेठ १ गतेसम्ममा टिम दर्ता गराउँन अनुरोध गरेको छ ।  प्रतियोगितामा एउटा स्थानीय तहबाट एक वटा टिम र आयोजकको हकमा २ वटा टिम सहभागी हुन पाउँने सूचनामा उल्लेख गरिएको छ । 

प्रतियोगिताबाट विजेता बन्ने टिमलाई नगद एक लाख, उपविजेता टिमलाई ५० हजार र तृतीय हुने टिमलाई २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

साथै, उत्कृष्ट खेलाडीलाई नगद २ हजार स्पाइकर, डिफेन्ड र ब्लकरलाई एक एक हाजार नगद प्रदान गरिने नगर खेलकुद विकास समितिले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

अन्तरपालिका स्तरीय दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता सुरु

रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । सिन्धुलीको कमलामाई नगरपालिकामा दोस्रो सहिद स्मृति कप भलिबल प्रतियोगिता सुरु भएको छ  । कमलामाई नगरपालिका ६

radiosindhuligadhhi

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता : महिला/पुरुष दुबैमा तीनपाटन विजयी 

रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८२, बिहिवार । तीनपाटन गाउँपालिकामा सम्पन्न दोस्रो जिल्ला अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा

radiosindhuligadhhi

फिक्कल उपाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, २२ वैशाख २०८२, सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जेठ ४ गतेदेखि जेठ ६