कमलामाई नगरपालिका ३ चपौली स्थित कला घरमा राष्ट्रिय कला महोत्सब हुने

रेडियो सिन्धुलीगढी, १ चैत २०८१, शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा राष्ट्रिय कला महोत्सब हुने भएको छ । कला घर सिन्धुलीले आज शुक्रबार सिन्धुलीमाढीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै महोत्सब संचालन हुन लागेको जानकारी दिएको हो ।
कला घर सिन्धुलीको आयोजनामा “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔ” भन्ने मुल नाराका साथ यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म महोत्सब संचालन हुने छ ।
कला घर निमार्णको महाअधियानमा हातेमालो सँगै मौलिक कला संस्कृतिको प्रवर्द्धन साथै कलाघरका कलाको प्रचार गर्ने उदेश्यले राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कला घर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनु भयो । साथै उहाँले रैथाने खेल, रैथाने संस्कृति र रैथाने कला कृषिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा रहेको बताउँनु भयो ।
पाँच दिन सम्म संचालन हुने महोत्सबमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानको लागी व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनका खेलहरु संचालन गरिने छ ।
साथै, हस्तकला, चित्रकला, मूर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा विभिन्न कलाहरुको प्रर्द्धशन, विद्यालय स्तरीय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्शलआर्टका विभिन्न खेल कला प्रर्दशन र स्थानीय कृषि उत्पादनको प्रर्द्धशन तथा विक्रि वितरण गरिने सिन्धुली कला घरले जनाएको छ ।
यस्तै, महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघ संस्था, संचारकर्मी तथा सरकार, क्षेक्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई सम्मान गरिने छ ।

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु
रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था
प्रतिकृया दिनुहोस