निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०६ वैशाख २०८१, बिहिबार । 

सिन्धुलीको मरिण गाउँपालिकमा महिलाहरुका लागी निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ मचौलीको कल्पबृक्ष स्वास्थ्य चौकीमा अस्ति मंगलबार र हिजो बुधबार वडा नम्बर ७ को जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा भएको शिविरमा कुल ४ सय ९३ जनाको सेवा लिएका थिए । शिविरमा जाँच गराएका मध्येबाट १६ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो ।

मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको शिविरमा पाठेघर सम्बन्धी रोगहरु, आँङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर सम्बन्धी भिआईए जाँच, स्तन क्यान्सर र शंकास्पद क्षयरोगीहरुको लागी निशुल्क स्क्रिनिङ जाँच, खकार जाँच उपचार र निशुल्क औषधी वितरण गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका २ को दुईवटा टोल एकैसाथ सफा र स्वच्छ घर तथा समुदाय घोषणा

रेडियो सिन्धुलीगढी, ०९ जेठ २०८२, शुक्रवार । पूर्ण सरसफाई मार्गदर्शन अनुसार स्वच्छ र सफा क्षेत्र स्वघोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि

radiosindhuligadhhi

मरिण ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श लिए

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार । सिन्धुलीको मरिण गाउँपालिका ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी

radiosindhuligadhhi

एकीकृत घुम्ती स्वास्थ्य शिविर मार्फत किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान 

रेडियो सिन्धुलीगढी, ०२ जेठ २०८२, आईतवार । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ का ५१ जना किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा