शिद्धस्थली अंग्रेजी मा.वि.को ३२ औ अभिभावक दिवस तथा पुर्व प्राथमिक तहको ७ औँ दिक्षान्त समारोह सम्पन्न  

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २७ फागुन २०८०, आईतबार । 

शिद्धस्थली अंग्रेजी माध्यामिक विद्यालय माढीबजार सिन्धुलीले ३२ औ अभिभावक दिवस तथा पुर्व प्राथमिक तहको ७ औँ दिक्षान्त समारोह आज विद्यालय प्राङगणमा सम्पन्न गरेको  छ । 
अभिभावक, शिक्षक, र विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न समारोहमा ५९ जना पूर्व प्राथमिक तहका विद्यार्थीहरु दिक्षित भएका थिए । 

अभिभावक दिवस तथा दिक्षान्त समारोहलाई प्रमुख जिल्ला अधिकारी भरत खनाल, कमलामाई नगरपालिका, सिन्धुलीका मेयर उपेन्द्र कुमार पोखरेल, प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधान लगाएतले सम्बोधन गर्नु भएको थियो । 

समारोहलाई सम्बोधन गर्दै मेयर पोखरेलले निजि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको र बेरोजगारी घटाउन सघाउ पु¥याएको बताउनु भयो । सामुदायिक विद्यालयमा राज्यको ठूलो धनराशि खर्च भएर पनि सन्तोष जनक नतिजा नआएको बताउँदै सामुदायीक विद्यालयको स्तर उकास्न जरुरी रहेको भन्दै अब आफ्नो छोरालाई पनि सामुदायीक विद्यालयमै पढाउने मेयर पोखरेलले बताउनु भयो । 

त्यस्तै प्याव्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानले सरकारले निजि विद्यालयको योगदानको मूल्यांकन गर्न नसकेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा अब्बल योगदान गरिरहेको निजि विद्यालयलाई बैंकको ऋण तिरि अरु ५ वर्ष दुख गरेर सरकारलाई जिम्मा लगाउन भन्ने गरेको बताउँदै सधैँ सरकारको आक्रमणमा निजि विद्यालय पर्ने गरेको बताउनु भयो । त्यस्तै स्थानीय अभिभावक विष्णु श्रेष्ठले विद्यालयको ढोका बन्द भए जेलको ढोका खुल्ने र विद्यालयको ढोका खुले जेलको ढोका बन्द हुँने भन्दै शिक्षा र निजि विद्यालयको महत्व बारे चर्चा गर्नु भएको थियो । 

विद्यालयले बर्षेनी गरिव तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रिन्सीपल ओम प्रधानले बताउनु भयो । विद्यालयमा छिट्टैनै स्मार्ट बोर्ड मार्फत पठनपाठन सुरु गर्न लागिएको जानकारी दिँदै प्रिन्सीपल प्रधानले अभिभावकको निरन्तर सहयोग पाए संस्कार सहितको उत्कृष्ट शिक्षा प्रदान गर्ने बताउनु भयो । 
समारोहमा विद्यालयका विभिन्न तहका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा ग¥र्यो

रेडियो सिन्धुलीगढी, ०६ असार २०८१, बिहिबार ।  सिन्धुलीको कमलामाई नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “सबै बालबालिकाको

radiosindhuligadhhi

गर्मीका कारण कमलामाईमा भोलि देखि सात दिन विद्यालय बन्द हुने 

रेडियो सिन्धुलीगढी, ३० जेठ २०८१, बुधबार । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरू बन्द निर्णय गरेको छ ।

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने 

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएको