कमलामाई नगरपालिका ८ बाघमारा बाट लागु औषध सहित ४ जना पक्राउ

रेडियो सिन्धुलीगढी, ०७ साउँन २०८१, सोमबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ८ बाघमारा जंगलबाट लागु औषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ बस्ने अजय शाह, कमलामाई नगरपालिका ७ माझिटार बस्ने दिलसन भनिने २० वर्षीय लोकविक्रम आले मगर, कमलामाई नगरपालिका ५ चिसापानीका २३ वर्षको मिलन पाख्रिन र धुरा बजार बस्ने २७ वर्षीय सौगात रहेका छन् ।
अस्ति शनिबार १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटि गएको टोलिले बाघमारा जंगलमा चेकजाँच गर्दा स्पास्मो एक्सिप्लोन–१५ र विनक्रेक्स कप सिरप–१४ गरी २९ बोतल लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बा ९३ प ८८०८ र विआर ३० एम् १३११ नम्बरको दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिन्धुलीमा ७ दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जानएको छ ।
.jpeg)
सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस