आगलागीबाट गोठ जलेर नष्ट
रेडियो सिन्धुलीगढी, १० साउँन २०८१, बिहिबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिका ५ आम्बोटेमा आगलागी हुदाँ एक गोठ जलेर नष्ट भएको छ । हिजो बुधबार बिहान कर्ण माया राना मगरको फुस गोठमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको हो ।
गोठमा खोले पकाउँने क्रममा अगेनोबाट आगो सल्किदाँ एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसियाले जनकारी दिनु भयो । आगलागीबाट गोठ भित्र बाधेको २ वटा बाख्रा जलेको र मानवीय क्षति भने नभएको उहाँले जानकरी दिनु भयो ।
विपत्तीबाट जोगिएका गुरूकुलका वटुकहरुलाई सहयोग
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको भगवती अंग्रेजी आवासिय माध्यमिक विद्यालयलले विपत्तीबाट जोगिएका गुरुकु्लका बटुकहरुका
सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद
रेडियो सिन्धुलीगढी, ०८ कार्तिक २०८१, बिहिबार । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ना ७ ख ७३५७ नम्बरको ट्रकबाट बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद
सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी ४ दिने तालिम सुरु
सिन्धुली । सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी ४ दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ ।
प्रतिकृया दिनुहोस