भंसार चोरी पैठारी गरी ल्याइएको सामान भिमानबाट बरामद

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०९ साउँन २०८१, बुधबार ।

भंसार चोरी पैठारी गरी ल्याईएको सामान सिन्धुलीको भिमानबाट बरामद गरिएको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले भिमान चेकपोष्टमा सवारी साधनको चेकजाँच गर्ने क्रममा लालबन्दीबाट सिन्धुलीमाडि आउदै गरेको बा १६ च ५६७० नं. को तरकारी लोड भएको पिकअप गाडीबाट सामान बरामद गरिएको हो ।

पिकअप गाडीबाट ४८ हजार मुल्य बराबरको ६ सय के.जि चिनि, २४ हजार मुल्य बराबरको ३ सय ३५ केजी प्याज र अन्य सवारी साधनबाट ८० हजार बराबरको २० पेटी रेडबुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार आवश्यक कारवाहीको लागि सवारी साधन सहित जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)

radiosindhuligadhhi

आगामी निर्वाचन सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने : बागमती प्रदेश इञ्चार्ज भट्टराई 

सिन्धुली । आगामी निर्वाचन २०८४ सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले बताउँनु

radiosindhuligadhhi

सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ 

रेडियो सिन्धुलीगढी, ०३ भदौ २०८१, सोमबार ।  सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ७ बस्ने ३३ बर्षीय अम्मर