सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी ४ दिने तालिम सुरु

radiosindhuligadhhi

सिन्धुली ।

सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी ४ दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । प्लान ईन्टरनेशनल नेपालको आयोजना तथा ह्यान्ड्स नेपाल सिन्धुलीको साझेदारीमा युवा संलग्नता द्वारा स्थानिय तहको जवाफदेहिता अभिवृद्धि (स्लास) परियोजना अन्तर्गत ४ दिने तालिम हिजोबाट सिन्धुलीमाढीमा सुरु भएको हो ।

तालिममा १६ देखि २४ वर्षका युवाहरुको सहभागीता रहेको छ । कार्तिक ९ गते शुक्रबार सम्म संचालन हुने तालिमको सहजीकरण विनोद धौलागिरीले गर्नुभएको छ भने सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी कार्यक्रमको कोअडिनेटर रोशन तिम्लसिनाले सहयोग गर्नुभएको छ ।

तालिमले युवाहरूलाई अधिकारको प्रावधान, सामाजिक उत्तरदायित्व र सात चरणको योजना प्रक्रिया लगायत अधिकारमा आधारित दृष्टिकोणको विस्तृत ज्ञान प्रदान गर्नेछ । तलिम पश्चात तालिम प्राप्त युवा स्वयंसेवकहरुले आफ्नो समुदायमा विद्यालय र स्वास्थ्य चौकीमा युवा नागरिक अंकपत्र द्वारा सामाजिक जवाफदेहिता अभिवृद्धिका निम्ति पहल गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिममा कमलामाई नगरपालिका वडा न १, ५, ६, ९, १३, १४ का ५ \ ५ जना, २, ४, ८, १०, १२ बाट ६ \ ६ जना, दुधौली नगरपालिका ३ र ६ बाट ६ \ ६ जना युवाहरुको सहभागीता रहेको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्थाको छैटौ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, १४ पुष २०८१, आइतबार । कृष्ण अधिकारी  सिन्धुलीको तीनपाटन गाउँपालिका १ वेलघारीमा रहेको तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्था

radiosindhuligadhhi

सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता, समृद्धि किशोरी समुह प्रथम

रेडियो सिन्धुलीगढी, १३ पुष २०८१, शनिबार । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा संचालन

radiosindhuligadhhi

तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन