सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता, समृद्धि किशोरी समुह प्रथम

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १३ पुष २०८१, शनिबार ।

प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा संचालन भएको एक दिने लोकगीत प्रतियोगितामा समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको छ । आज शनिबार आयोजित प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा कमलामाई नगरपालिका ४ मा रहेको उज्वलता किशोरी समुह द्धितीय, तीनपाटन गाउँपालिका २ मा रहेको एकीकृत किशोरी समुहले तृतीय स्थान हासिल गरेका छ । साथै, कनपा ५ को प्रगतीशिल किशोरी समुह र तीनपाटन गाउँपालिका २ को सुनौली बिहानी किशोरी समुह सानत्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सानत्वना स्थान हासिल गर्ने किशोरी समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको छ ।

किशोरी तथा यूवा महिलाहरुमा सचेतना अभिवुद्धि तथा सशक्तिकरण गराउँने उदेश्यले लोकगीत प्रतियोगिताको आयोजना गरिएको जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीका उपाध्यक्ष प्रदिप लुङ्गेलीले बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जेएसडिपि र प्लानले महिला बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा उल्लेख्नीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठले किशोरीहरुमा भएको प्रतिभा प्रष्फोटनका लागी अवसरको आवश्यक रहेको र त्यो अवसर जेएसडिपिले दिएकोमा खुसी व्यक्त गर्नुभयो । मौलीक लोकसंगीत लोप हुदै गएकाले यसको संरक्षण तथा संवद्र्धनका लागी सबैजना लागी पर्नुपर्ने उहाँको भनाई छ ।

लोकगीतमा किशोरी तथा यूवा महिलाहरुका लागी शिक्षाको महत्व, वालविबाह अन्त्य, महिला हिंसा, महिला सशक्तिकरणको आवश्यकता, हानिकारक सामाजिक मुल्यमान्यता र असमान शक्ति सम्बन्ध लगायतका बिषयहरु समेटिएको थियो ।  

प्रतियोगितामा कमलामाई नगरपालिकाका वडा नम्बर २, ४ र ५ को ३ वटा समूह र तीनपाटन गाउपालिक २ हिलेपानी र भिमस्थानका २ वटा गरि ५ वटा समुहको सहभागीता रहेको थियो । जेएसडिपि सिन्धुलीका कार्यक्रम अधिकृत अर्जुन बयलकोटीले कार्यक्रम संचालन गर्नुृ भएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्थाको छैटौ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, १४ पुष २०८१, आइतबार । कृष्ण अधिकारी  सिन्धुलीको तीनपाटन गाउँपालिका १ वेलघारीमा रहेको तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्था

radiosindhuligadhhi

तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन

radiosindhuligadhhi

युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न 

रेडियो सिन्धुलीगढी, १० पुष २०८१, बुधबार ।  युवा आबद्धता द्धारा स्थानीय तहको जावाफदेहिता अभिबृद्धि स्लास परियोजना द्धारा संचालित युवा नागरिक