तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्थाको छैटौ बार्षिक साधारण सभा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १४ पुष २०८१, आइतबार ।
कृष्ण अधिकारी

 सिन्धुलीको तीनपाटन गाउँपालिका १ वेलघारीमा रहेको तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्था लिमिटेडको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष चित्रा रानाको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष गोविन्द राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम हिजो शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा तारा कुमारी ठकुरीलाई जेष्ठ नागरिक, शिवमाया थापालाई असल ऋणी,  सविता घलानलाई उत्कृष्ट शेयरधनी र बाल बचत कर्ता आयुष्मा माझीलाई सम्मान गरिएको थियो । सहकारी संस्थाकी अध्यक्ष चित्रा रानाले २०८० ०८१ को बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति कार्ययोजना २०८१ ०८२ प्रस्तुत गर्नुभएको थियो ।

सहकारी संस्थाकी कोषाध्यक्ष कृष्ण कुमारी बस्नेतको अनुपस्थितिमा व्यवस्थापक देव कुमारी वि.कले १३ लाख ९० हजार ८ सय ५९ रुपैया १९ पैसाको आम्दानी तथा ११ लाख ४८ हजार ५ सय ५७ रुपैया ८७ पैसाको खर्च विवरण प्रस्तुत गर्नु भएको थियो  ।

तीनपाटन १ वेलघारी समेटेर ३ सय ६१ शेयर सदस्य तथा १६ वटा समुह सहकारीमा आवद्ध रहेको छ । कार्यक्रममा तीनपाटन गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख कृशल श्रेष्ठ, महाकाली लघुउद्यमशील सहकारी संस्थाकी अध्यक्ष मञ्जु विक, समाजसेवीहरु अविनाश अधिकारी, खेम राज दाहाल, चन्द्रलाल श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, सुर्दशन बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता, समृद्धि किशोरी समुह प्रथम

रेडियो सिन्धुलीगढी, १३ पुष २०८१, शनिबार । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा संचालन

radiosindhuligadhhi

तीनपाटन गाउँपालिका ७ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन समुद्घाटन 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको समुद्घाटन

radiosindhuligadhhi

युवा नागरिक अंकपत्र (वाईसिएससि) कार्यान्वयनका लागि परियोजना समन्वय बैठक सिन्धुलीमा सम्पन्न 

रेडियो सिन्धुलीगढी, १० पुष २०८१, बुधबार ।  युवा आबद्धता द्धारा स्थानीय तहको जावाफदेहिता अभिबृद्धि स्लास परियोजना द्धारा संचालित युवा नागरिक