विपत्तीबाट जोगिएका गुरूकुलका वटुकहरुलाई सहयोग 

radiosindhuligadhhi

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको भगवती अंग्रेजी आवासिय माध्यमिक विद्यालयलले विपत्तीबाट जोगिएका गुरुकु्लका बटुकहरुका लागी खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । सुनकोशी गाउँपालिका १ आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका बटुकहरुका लागी विद्यालयले खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको हो ।

३० जना वटुकहरुलाई खाद्यान्न तथा स्टेशनरीको अभाव भएको जानकारी आएपछि ३० बोरा चामल सहित एकसरो सबै सामान सहयोग गरेको भगवती माविका प्रिन्सिपल कृष्णकुमार उप्रेतीले जानकारी दिनु भयो ।

दान सहयोगबाट आधारभुत तह कक्षा ८ सम्म चलेको विद्यालयमा आएको सहयोगले विपत्तीबाट जोगिएका वटुकहरुलाई ठुलो राहत भएको प्राचार्य नारायण घिमिरेले जानकारी दिए ।

गत असोज ११ र १२ गते रोशीखोला र सुनकोशी नदीमा बाढी आएपछि धार्मिक विद्यालय गुरुकुलका प्राचार्य सहित वटुकहरु बीचमा फसेका थिए । उनीहरुको सरकारले तीनदिनमा हेलिकप्टरबाट उद्धार गरेको थियो । रोशी र कोशीको बाढीले मन्दिर र विद्यालयमा क्षती गरेको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

रेडियो सिन्धुलीगढी, ०५ मंसिर २०८१, बुधबार  ।   सिन्धुलीमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । आज बुधबार सिन्धुलीमाढीमा भएको भेलाबाट

radiosindhuligadhhi

भालुको आक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका १ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका

radiosindhuligadhhi

सिन्धुलीमा शिक्षकमाथी गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ

सिन्धुली । गत आइतबार सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ परेका छन्। जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ स्थित