सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद
रेडियो सिन्धुलीगढी, ०८ कार्तिक २०८१, बिहिबार ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ना ७ ख ७३५७ नम्बरको ट्रकबाट बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले अस्ति मंगलबार राती ९ बजे गोलन्जोर गाउँपालिका ७ खुर्कोट चेकपोष्टमा सिन्धुलीबाट रामेछाप तर्फ जादै गरेको ट्रकबाट बिल विजक नभएको २४ लाख ९ हजार ५ सय ६० रुपौंको सामान बरामद गरेको हो ।
प्रहरीले महालक्ष्मी उद्योग लेखिएको १ लाख ३३ हजार मूल्यको ३८ बोरा चिनी, ७३ हजार मूल्य बराबरको राज हंस लेखिएको चिनी २१ बोरा, सल्फररहित सेतो क्रिस्टल चिनी ३ हजार ५०० को १ बोरा बरामद गरेको छ ।
साथै, ४९ हजारको विवेक भुजा एक सय बोरा, ८४ हजार ४ सय २० मूल्यको विवेक भुजा (मुराई) पहेँलो रङको १ सय ३४ बोरा, ६६ हजार ६ सय ४० मुल्यको विवेक भुजा सेतो रङको १ सय १९ बोरा गरी २४ लाख ९ हजार ५ सय ६० रुपौंको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लले जानकारी दिनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा श्रेष्ठ
रेडियो सिन्धुलीगढी, ०५ मंसिर २०८१, बुधबार । सिन्धुलीमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । आज बुधबार सिन्धुलीमाढीमा भएको भेलाबाट
भालुको आक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका १ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका
सिन्धुलीमा शिक्षकमाथी गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ
सिन्धुली । गत आइतबार सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने तीन जना मध्ये एक जना पक्राउ परेका छन्। जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ स्थित
प्रतिकृया दिनुहोस