मरिण गाउँपालिकाको २ वटा विद्यालयका ६ सय १८ विद्यार्थीलाई थर्मश वितरण 

radiosindhuligadhhi


मेनुका बुढाथोकी ।

सिन्धुलीको मरिण गाउँपालिकाको २ वटा विद्यालयका ६ सय १८ विद्यार्थीलाई थर्मश वितरण गरिएको छ । लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत प्लान ईन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपालको आयोजनामा विद्यार्थीलाई थर्मश वितरण गरिएको हो ।

विद्यालय स्तरमा बहु जोखिम अवस्थामा परेका लक्षित वर्गकालागि निरन्तर सिकाईको वातावरण तयार गर्ने उदेश्यले परियोजनाको (गिफ्ट अफ होप) कार्यक्रम अन्तर्गत विद्यार्थीलाई थर्मश वितरण गरिएको ह्याण्डस नेपाल सिन्धुलीका अधिकृत रोशन तिमल्सिनाले जानकारी दिनु भयो ।

आज एक कार्यक्रमका बिच मरिण गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री मा.वि आँपचौर ठुलिदमारका २ सय २५ र ३ नम्बर वडामा रहेको श्री कुशेश्वर मा.वि नकलिका ३ सय ६५ विद्यार्थीलार्ई थर्मस वितरण गरिएको उहाँले जानकरी दिनु भएको छ । 

उहाँका अनुसार भोलि शुक्रबार मरिण गाउँपालिकाको ७ नम्बर वडामा रहेको श्री गौरिशंकर मा.वि जयमंगलका ३ सय ९४ जना र वडा नम्बर ६ मा रहेको आधारभुत विद्यालय देउरालीका १ सय ९३ जना विद्यार्थीलाई थर्मस वितरण गरिने छ । 

यस्तै, दुधौली नगरपालिकाको ३ नम्बर वडामा रहेको श्री राष्ट्रिय मा.वि कालापानीका २ सय ८५ जना र श्री जनकल्याण आधारभुत विद्यालय खुट्टेपानीका १ सय ९८ जना विद्यार्थीलाई पनि भोलिनै थर्मश वितरण गरिने छ । 

साथै, सोहि नगरपालिकाको ६ नम्बर वडामा रहेको श्री शिवशक्ति आ.बि ढोडानीका १ सय ६६ जना र श्री कमला आधारभुत विद्यालय भताईका १ सय ८९ जना विद्यार्थीलाई केहि दिनमै थर्मस वितरण गरिने छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने 

रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएको

radiosindhuligadhhi

बृहत विद्यालय सुरक्षा कार्यढाँचा सम्बन्धी तीन दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न 

रेडियो सिन्धुलीगढी, ०८ वैशाख २०८१, शनिबार ।  बृहत विद्यालय सुरक्षा कार्यढाँचा सम्बन्धी तीन दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जि.एस.एस

radiosindhuligadhhi

एसईईको पहिलो दिन सिन्धुलीमा ७१ परीक्षार्थी अनुपस्थित

सिन्धुली । आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सिन्धुलीमा ७१ परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको अनिवार्य अङ्ग्रेजी